झ्याप्लेखोलाबाट २५ शव निकालियो

दाङको देउखुरीमा एकाबिहानै दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दर्जनभन्दा बढी घाइते

दाङ  । दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दाङको देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार रोल्पा रुन्टीगढी– ७ निवासी ४३ बर्षीया शोभा परियारको घटनास्थलमा नै मृत्यु भएको हो । सो दुर्घटनामा परी दर्जनभन्दा बढी घाइते हुन पुगेका छन् ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा बिहान एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।

भालुवाङतर्फ जाँदै गरेका बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते हुन पुगेका छन् । दुई दर्जनभन्दा बढी घाइते भएको उल्लेख गर्दै प्रहरीले ११ जनाको भने अवस्था गम्भीर रहेपछि नेपालगञ्ज लगायतका स्थानमा थप उपचारका लागि पठाएको छ । 

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ८ : ५० बजे