झ्याप्लेखोलाबाट २५ शव निकालियो

कोसी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्ले बर्खास्त

विराटनगर  । कोसी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्ले बर्खास्त भएका छन् ।

कोसी प्रदेश सरकारको गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सदस्यसचिव वाग्ले बर्खास्तीमा परेका हुन । बर्खास्त गर्नुअघि उनलाई दुई दुई पटक स्पष्टीकरण सोधिएको थियो । 

कोसी सरकारले गत वैशाख १४ देखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोसी प्रदेश सरकारको नाम किन नलेखेको? भन्दै वाग्लेलाई दुई पटकसम्म स्पष्टीकरण सोधिएको थियो ।

सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीका अनुसार प्रदेश सरकारले सोधेको प्रश्नको जबाफबाट सरकारले चित्त बुझाउन सक्ने अवस्था नभएपछि उनलाई बर्खास्त गर्नुपरेको हो । 

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ९ : ४१ बजे