झ्याप्लेखोलाबाट २५ शव निकालियो

जापानमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु 

काठमाडौँ । जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। 

जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो । 

जापानी सञ्चारमाध्यमका अनुसार गत मङ्गलवार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन् ।  थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी मिडियाले जनाएका छन् । 

जापानी मिडियाका अनुसार सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो, जसमा दुई नेपालीसहित तीन जनाको मृत्यु हुन पुग्यो । बसमा खराबी देखिएपछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिराखेको अवस्थामा ट्रकले आएर ठक्कर दिएको हो ।  

एक्सप्रेस रोडमा रोकिराखेको बसलाई ट्रकको ठक्करपछि सो बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो। उक्त बसमा चालक दलका सदस्यसहित ४० जना थिए, जसमा दुई नेपालीसहित तीन जनाले ज्यान गुमाएका छन् । 

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ११ : ०८ बजे