झ्याप्लेखोलाबाट २५ शव निकालियो

आङटावा शेर्पालाई दुई दिन थुनामा राख्न अनुमति

काठमाडौं ।  नक्कली शरणार्थी प्रकरणमा पूर्वसांसद आङटावा शेर्पालाई थुनामा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंले  दुई दिन थुनामा राखेर अनुसन्धान गर्नअनुमति दिएको हो। गत शुक्रबार पक्राउ पुर्जी जारी भएपछि शेर्पा सोमबार आफैँ प्रहरी कार्यालय पुगेका थिए। 

०७० सालको संविधानसभा निर्वाचनमा उनी रामेछापबाट निर्वाचित भएका थिए। शेर्पाले कांग्रेस नेता बालकृष्ण खाणलाई जोगाउन बयान प्रभावित पार्ने प्रयास गरेको आरोप छ। उनलाई मतियारका रूपमा प्रहरीले अनुसन्धान गरिरहेको छ। आजै एमाले नेता महेश बस्नेतले आङटावा नक्कली शरणार्थी बनाउन बिभिन्न युवाहरुकाे फारम भरेकाे भिडियाे सार्बजिनक गर्नुभएकाे छ ।  आङटावामाथि नम्कली तिब्बती शरणार्थी बनाएर अमेरिका पठाएको आरोप समेत लाग्ने गरेको छ । 

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ६ : ४८ बजे