झ्याप्लेखोलाबाट २५ शव निकालियो

रेशम चौधरीलाई जन्म कैद, सर्वोच्च सदर गर्याे जिल्ला र उच्च अदालतको फैसला

काठमाडौं । नागरिक उन्मुमिक्त पार्टीका संस्थापक रेशम चौधरी जेलमुक्त नहुने भएका छन् । आज सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गरेसँगै चौधरीलाई जन्म कैद हुने भएकाे हाे  ।

जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए । त्यसमा आज फैसला सुनाउँदै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाइ दिन इन्कार गरेको हो । सोही घटनामा जेल सजाय भोगिरहेका गंगाराम चौधरी र सीताराम चौधरीले भने सजाय पाएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ५ : २२ बजे