झ्याप्लेखोलाबाट २५ शव निकालियो

बनेपा बहु प्राविधिक शिक्षालयमा कर्मचारीको मनोमानी, हाटादेखि कार्यालयसमयमै सुत्छन् कर्मचारी

बनेपा । सिटिईभिटि भन्ने बित्तिकै गरिखाने शिक्षा भनिन्छ,जसमा सीप,क्षमताका साथै रिजल्ट (नतिजा) को कुरा आउँछ तर काभ्रेको बनेपामा २०६५ सालमा स्थापना भएको नेपाल बनेपा बहु प्राविधिक शिक्षालयमा पढाउनेभन्दा पनि शिक्षालयका प्रमुखदेखि कार्यालय सहयोगीसम्मको रंजाई गर्ने थलो बन्न पुगेको छ । 

शिक्षालय चरम राजनीति र बेथिति गर्ने थलो बन्दा विद्यार्थीहरूले हैरानी त खेपेकै छन् , नतिजासमेत राम्रो नआउँदा धेरैको लगानी र भविष्य बर्बाद भइरहेको छ । 

हो यस शिक्षालयको प्रशासनमा जाने हो भने एकाध दिन बाहेक अरू दिन रिसप्सेनिष्ट मात्र भेटिन्छन् । विद्यार्थी प्रमाणपत्र बनाउन आउँदा कम्तीमा पनि ३– ४ पटक धाउन बाध्य छन् । ‘कहिले शिक्षालय प्रमुख नभेट्ने,कहिले परीक्षाका कर्मचारी नभेट्ने,कहिले लेखा शाखा प्रमुख नभेट्ने’ नाम उल्लेख नगर्ने  सर्तमा एक सूचना प्रविधि अध्ययनरत विद्यार्थीले गुनासो पोखे । जब हाकिमहरूले नै बाटो विग्राछन्, प्रतिफल कसरी राम्रो आउनु  विद्यार्थीहरूले गुनासो गरे । 

उनीहरूले शिक्षालयको बारेमा लेखा प्रमुख वेद प्रसाद न्यौपानेलाई गुनासो गर्दा उल्टै गाली गौलज गर्ने देखि थर्काउने र नानाथरि दुख्ख दिने गरेको सुनाए  । शिक्षालयको सरसफाइ र ट्वाइलेट बाथरुमको त कुरै नगरौँ ,बसपार्कको त धेरै सफा छ, नाक थुनेर जानू पर्ने बाध्यता रहेको अरू विवद्यार्थीहरुले गुनासो गरे  । ‘होस्टेलको हालत त्यस्तै छ बसपार्कको ग्यारेज बरु त्यति सफा होला’ उनीहरूले भने । 

चाइना सरकारले बनाएर सिटिईभिटिलाई हस्तान्तरण गरेको शिक्षालय १४ वर्षमै कुरूप बनेको उनीहरूले गुनासो गरे । ‘माल पाएर पनि चाल नपाए झैँ भयो, यति ठुलो लगानी गरेर चिनियाहरुले बनाइदिएको यत्रो पूवाृधार हाकिमहरूको रजाँई गर्नै थलो मात्र बन्यो’ उनीहरूले गुनासो गरे । 

‘पूर्व शिक्षालय प्रमुख मिस्टर कान्त मैनालीले आफू रहँदा  २०७२ सालको भूकम्पमा बिग्रिएको संरचना चाइना दूतावासलाई आग्रह गरि मर्मत सम्भार भने गराएका थिए । अहिले का शिक्षालय प्रमुखले माखो समेत मारेका छैनन् ।’ उनीहरूले भने थपे, मर्मतको कुरै छोडौँ भएका स्रोतको पनि परिचालन भएन ।’

शिक्षालयले आफ्नै तालिम प्रदेश सरकारको तालिम,नियमित तालिम र वैदेशिक रोजगार बोर्डको सचिवालय लगायतको छोटो अवधिको तालिमहरू शिक्षालय प्रमुख र लेखा प्रमुखको मनोमानीमा संचान गर्दै शिक्षालयभन्दा बाहिर कम लगानी गर्दै व्यक्तिगत मुनाफा ,कमिसन जस्ता तवरले काभ्रेको विभिन्न स्थानमा तालिम सञ्चालन गरेको,भन्ने हो भने शिक्षालय आफैँले सञ्चालन गरेको तालिम नमुना नै वनेको छ,तालिमको लागि आयको खर्च चाहिने भन्दा कम सामग्री प्रयोग ,स्वास्थ्य तथा सेफ्टि उपकरण बिनै तालिम सञ्चालन भएको तालिमका प्रशिक्षार्थीहरू बताउँछन् । 

‘बिल्डिङ ईलेक्ट्रिसियन,प्लम्वर,मेसिन लगायतको तालिममा समेत प्रयोग गर्नु पर्ने सुरक्षा उपकरण हेल्मेट,बुट,पन्जा,एप्रनसमेत प्रयोग नगराइने गरेको अर्का विद्यार्थीले बताए ।  यस विषयमा प्रशिक्षणमा सहभागी एक शिक्षकलाई सोध्दा  शिक्षालयको ताल देखेर आफैँलाई सिकाउन लाज लागेको बताए । ‘प्राइभेट तालिम इन्स्टिच्युटको जस्तो पनि छैन, आफैलाई लाज लाग्न थाल्यो’उनले भने । 

अझ लाज मर्दो कुरा त शिक्षालयलाई रोटरी क्लबको सहयोगमा इन्डियन एम्बेस्सीको सहयोगमा  प्राप्त शिक्षालयको कर्मचारी बोक्ने र सिटिईभिटिकै दक्षता परियोजनाले विद्यार्थी बोक्न दिएका दुईवटा बस घाममा सुकेर बसेका छन् ।  हाल दक्षता परियोजनाले दिएको बस भने सिटिईभिटिले तानेर कोशी प्रदेशको एक शिक्षालयमा पठाएको छ । ‘शिक्षक र विद्यार्थीहरू हैरानी खाँदै हिँडिरहेका छन्, अरूले दिएका बससमेत चलाउँदैनन्’उनीहरूले भने । 

उसो त शिक्षालय प्रमुखलाई सुविधा सम्पन्न क्वाटरको व्यवस्था भए पनि अधिकांश दिन बालाजुदेखि बनेपा शिक्षालयको गाडी प्रयोग गरी तेल सक्ने गरेको उनीहरूले बताए । ‘ विद्यार्थी बोक्ने गाडी चलाउन तेल छैनन् भन्छन्, सुविधा सम्पन्न क्वाटर भएका प्रमुख भने दैनिक बालाजुदेखि बनेपा हुइँकिन कुनै अप्ठ्यारो छैन’उनीहरूले एक्कै स्वरमा भने । 

शिक्षालयमै बस्दैनन् कर्मचारी 

पढाउने पढाउँछन् ,काम हुने काम गर्छन् तर काम नहुने १० देखि ११ बजेसम्म हाजिर गरी फरार हुन्छ,शिक्षालय भित्रै क्वाटर हुने त गएर दिउँसै सुत्न समेत भ्याउंछन,एक कर्मचारीले भने । 

उनका अनुसार क्वाटर भित्रै बस्ने कर्मचारीको पनि आउने जाने ठेगानै हुन्न,बाहिरबाट आउने १० बजे आए  पनि उनीहरू जतिसुकै बेला पनि आउँ जाऊ गर्छन्।

आन्दोलन सुरु, प्रमुख भागे

Caption

शिक्षालयको विसङ्गतिका बारेमा यत्तिखेर नेपाल बनेपा बहु प्राविधिक शिक्षालयका विद्यार्थी तथा कर्मचारीहरू आन्दोलित भएका छन् । विद्यार्थी र कर्मचारीहरू आन्दोलित भएसँगै शिक्षालय प्रमुख ईश्वर चन्द्र घिमिरे कार्यालय छोडेर भागेका छन् । 

 

 

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ९ : ४० बजे