मोरङ – मोरङ जिल्लाका विभिन्न स्थानबाट को.३० प ७६९२, को.२५ प १३२६ र को.३७ प १३२३ नम्बरको मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका-६ बस्ने १९ वर्षीय प्रकाश सरदार, धनपालथान गाउँपालिका-५ बस्ने २० वर्षीय दिपेश कुमार सरदार, सोही गाउँपालिका-६ बस्ने २१ वर्षीय विजय सहनी, २५ वर्षीय जितेन कुमार राय र बिराटनगर महानगरपालिका-८ बस्ने २० वर्षीय रोहित चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार ४ : ५४ बजे
प्रतिक्रिया