झ्याप्लेखोलाबाट २५ शव निकालियो

सरकारी वकिल कार्यालयमा पूर्व गृहमन्त्री खाँणको बयान सुरु

काठमाडौँ  । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ ।

बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली काँग्रेसका नेतासमेत रहेका खाँणको बयान सुरु भएको हो ।

गत बिहीबार पक्राउ परेका पूर्व गृहमन्त्री खाँणमाथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौँले हिजो ४ दिनको म्याद थप गरिएपछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याइएको हो ।  

टेकु परिसरको हिरासतमा ४ दिन देखी रहँदै आएका खाँणले सो घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । उनले आइतबार पनि सञ्चारकर्मीसँग भने, ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन ।’

यद्यपि, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफ्नो बयानको क्रममा गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ ।

 

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ११ : ३९ बजे