झ्याप्लेखोलाबाट २५ शव निकालियो

टोपबहादुरको नाममा नक्कली फेसबुक एकाउन्ट बनाउनेलाई खोज्दै प्रहरी

काठमाडौँ । टोपबहादुर रायमाझीको फोटो दुरुपयोग गरी नक्कली फेसबुक एकाउन्ट बनाएर जथाभाबी लेख्ने व्यक्तिको प्रहरीले खोजी गर्न थालेको छ । 

नेपाल प्रहरीको साइबर ब्युरोले यसबारे अनुसन्धान सुरु गरेको हो ।   

फेक अकाउन्टबाट लेखिएको स्ट्याटसमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरूको नाम जोडिएको छ । 

प्रहरीले रायमाझीको नाममा आएको स्ट्याटस सबै ‘फेक’ भएको जनाएको छ ।  

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ११ : २५ बजे