झ्याप्लेखोलाबाट २५ शव निकालियो

भारतीय नागरिक हतियारसहित पक्राउ

महोत्तरी – महोत्तरीको एकडाराबाट प्रहरीले हतियारसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी जिल्ला वाजोपट्टी घर भएका २६ वर्षीय पप्पु यादव छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार एकडारा गाउँपालिका-४ हल्खोरी बजारबाट यादवलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीले निजको साथबाट पेस्तोल एक थान र सोमा लाग्ने पाँच थान गोली रितपूर्वक बरामद गरेको हो । प्रहरी नियन्त्रणमा रहेका यादवमाथि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : ५० बजे