झ्याप्लेखोलाबाट २५ शव निकालियो

मेलम्चीको पानी वितरण जेठ १ गतेदेखि दुई हप्ता बन्द हुने

सिन्धुपाल्चोक । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । 

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : २८ बजे