वाहिर आउँदै भाउजुको कर्तुत : विटो नवुझाउँदा रोकिन वढुवा 

​​​​​​​काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसँग राष्ट्रिय भाउजु उर्फ आरजु राणाको बदमासीको पनि खुलासा हुन थालेको छ। पूर्वएसएसपी लव विष्टले भाउजुलाई पैसा नवुझाएकै कारण आफनो वढुवा रोकिएको वताएका छन्।

विष्टले राणालाई लक्षित गर्दै बुढानिलकण्ठ बस्ने भाउजूको चाकडी गर्न मनले नमान्दा बढुवाबाट वञ्चित हुनुपरेको बताएका छन् ।

बिहीबार फेसबुकमा स्टाटस लेखेका विष्टले आफू प्रहरी सेवामा रहँदा विभिन्न राजनैतिक आक्रमण भएको समेत खुलाएका छन् ।

‘बुढानीलकण्ठ बस्ने भाउजुलाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट वञ्चित भई अवधि नै नपुगी प्रहरी सेवा बाट हटनु परेको हो’ उनले लेखेका छन्–‘बिसं २०७३ मा ‘सिनियारिटी’को हिसाबमा १ नम्बरमा रही कार्य सम्पादनमा अब्बल हुँदाहुँदै पनि नोटको बिटोसहित बिमलेन्द्र निधिमार्फत बुढानीलकण्ठ बस्ने भाउजुलाई बुझाउन सकिन।’

सप्तरीको रूपनीका निमुखा गाउँलेलाई फसाउन रचिएको झुठा डाका मुद्दा दर्ता गर्न नमान्दा सप्तरी कांग्रेसका नेता एवम् पूर्वगृह राज्यमन्त्री रामकुमार चौधरीको योजनामा आफुलाई दार्चुला सरुवा गरिएको पनि उनले वताएका छन्। 

 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ६ : ०४ बजे