झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

दोहोरो अंकले बढ्याे सेयर बजार

काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा हरियाली छाएकाे छ । निरन्तर ओराेलाे लागेकाे बजारमा अन्तिम काराेबारकाे दिन भने दाेहाेराे अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.७३ अकंले बढेर १८६९.७३ बिन्दुमा बन्द भएको छ । आज २७६ कम्पनीको २५ लाख ३३ हजार ७१४ कित्ता सेयर किनबेच हुदाँ ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका १६२ कम्पनीको सेयरमूल्य बढेको छ । ५० कम्पनीकोे सेयरमूल्य घटेको छ भने ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज लक्ष्मी लघुवित्त वित्तीय संस्था र एनआइबीएल ग्रोथ फण्डको सेयरमूल्यमा उच्च वृद्धि भएको हाे । आज नबिल बैंकको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । यस दिन एनएमबी डिभेञ्चर र नेपाल एसबीआई बैंक डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ३ : २८ बजे