झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

१ हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य आज एकै दिन १ हजार ८ सय रुपैयाँले बढेको छ । 

मङ्गलवार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोलामा १ हजार ८ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । 

 

 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ११ : ५३ बजे