झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

पर्यटक आगमन १३२ प्रतिशतले बढ्यो

काठमाडौँ- सन् २०२३ को चार महिनामा विदेशी पर्यटक आगमन १३२ दशमलव ६७ प्रतिशतले बढेको छ।

सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म एक लाख ४० हजार ३३६ पर्यटक आएकामा यस वर्षको सोही अवधिमा तीन लाख २६ हजार ५२७ पर्यटक आएका छन् ।

कोरोना महामारीपूर्व सन् २०१९ को समीक्षा अवधिमा चार लाख २० हजार ४४६, सन् २०२० मा दुई लाख २० हजार ६८२, सन् २०२१ मा ५५ हजार ४४७ र सन् २०२२ मा एक लाख ४० हजार ३३६ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

पछिल्लो अप्रिल महिनामा मात्रै ९८ हजार ७७३ पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो मार्च महिनामा ९९ हजार ४२६, फेब्रुअरीमा ७३ हजार २५५ र जनवरीमा ५५ हजार ७४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०१९ को तुलनामा ९० प्रतिशत पर्यटक बढेका छन् । “चार महिनाको तुलनामा सन् २०१९ को हाराहारीमा पर्यटक आगमन भएको देखिन्छ । यो हवाई मार्ग भएर आएको आँकडा हो, अप्रिलको तुलनामा ९० प्रतिशत पुनरुत्थान भएको छ”, उहाँले भन्नुभयो।

पर्यटक आगमनको प्रवृत्ति हेर्दा चिनियाँ पर्यटक उत्साहबद्र्धकरूपमा बढेको निर्देशक लामिछानेले उल्लेख गर्नुभयो । फेब्रुअरीमा करिब एक हजार आठ सय चिनियाँ पर्यटक आएकामा मार्चमा ३० प्रतिशतले बढेर दुई हजार छ हजार पर्यटक आएका थिए भने अप्रिल महिनामा ८१ प्रतिशतले बढेर चार हजार ७७० चिनियाँ पर्यटक नेपाल आएका छन् ।

पर्यटक बढी आउने १० मुलुकमध्ये चीन चौथो नम्बरमा छ। पहिलो स्थानमा रहेको भारतबाट सबैभन्दा बढी ३१ हजार ४३७ पर्यटक आएका छन् । अमेरिकाबाट आठ हजार ४१३, बेलायतबाट पाँच हजार चार सय नौ, अष्ट्रेलियाबाट तीन हजार ८२८, जर्मनीबाट तीन हजार ४४६, फ्रान्सबाट तीन हजार २११, रसियाबाट दुई हजार ६६७, बङ्गलादेशबाट दुई हजार २१७ र थाइल्याण्डबाट दुई हजार १०२ पर्यटक नेपाल आएका छन्।

यो विवरण हेर्दा महामारीपछि पर्यटन पुनरुत्थान भएको देखिन्छ । महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार १४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ८ : १६ बजे