झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

इङवा हाइड्रोपावरको आजबाट आईपिओ निष्कासन

काठमाडौँ । इङवा हाइड्रोपावरले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपिओ निष्कासन गरेको छ ।

कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपिओ जारी गरिसकेको छ । 

यस आईपिओमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपिओ जारी गरेको हो ।

त्यस्तै, सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् ७४ हजार ६५८ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात् २९ हजार ८६३ कित्ता छुट्याइएको छ । 

बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

सी–आस्वा प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको सङ्केत गर्छ ।

यो आईपिओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ९ : ५५ बजे