झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अङ्गुर १२० रुपैयाँ, कालो अङ्गुर १८० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवी ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ५० रुपैयाँ, अदुवा १९० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३० रुपैयाँ, कागती २२० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल जाँगरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, घिरौँला ३० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैयाँ, लोकल परवर ७० रुपैयाँ, न्युरो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना १२० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ७० रुपैयाँ, भ्यान्टा लाम्चो २५ रुपैयाँ, मूला सेतो २० रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुईँ कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १९० रुपैयाँ र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : ३४ बजे