झ्याप्लेखोलाबाट २५ शव निकालियो

विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढ्यो: राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जनाएको छ । 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भए ७९४ अर्ब ३२ करोड पुगेको छ ।

यसैगरी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले घटेको थियो । केन्द्रीय बैङ्कले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे एक प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको जनाएको छ । 

अघिल्लो वर्ष आप्रवाह २.६० प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ६ : ४० बजे