झ्याप्लेखोलाबाट २५ शव निकालियो

एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ  । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। 

आज सुन तोलाको १ हजार रुपैयाँले बढेको छ । मङ्गलवार सुन प्रतितोला ५०० रुपैयाँले रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, मङ्गलवार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ११ : ३५ बजे