झ्याप्लेखोलाबाट २५ शव निकालियो

उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिका लागि आज निर्वाचन

काठमाडौँ  । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैँछ ।

उद्योगी व्यवसायीहरूको छाता संस्था महासङ्घको ५७ औँ साधारण सभाले महासङ्घको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुन लागेको हो ।

यस महासङ्घको मङ्गलवार उद्घाटन भएको थियो । मङ्गलवारबाट सुरु भएको साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनुहुनेछ भने नयाँ वरिष्ठ उपाध्यक्ष लगायत सदस्य पदका लागि भने आजबाट निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यस अघि नै घोषणा गरिसक्नुभएको छ । यसरी निर्वाचित हुने महासङ्घको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनुहुनेछ । 

साधारण सभाले महासङ्घको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ । 

यसैगरी, वस्तुगत सङ्घबाट १४ जना, उद्योग वाणिज्य सङ्घबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : ५२ बजे