झ्याप्लेखोलाबाट २५ शव निकालियो

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको मूल्य सार्वजनिक सुरु गरेको छ ।

जसअनुसार आज रातो आलु २७ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठुलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

यसैगरी, कालो अङ्गुर प्रतिकेजी १५०, अनार २२५ रुपैयाँ, हरियो अङ्गुर १००, आभोकाडो र किवी ४०० प्रतिकेजी, अमला १२० रुपैयाँ केजी केरा दर्जनको १५० रहेको छ ।

यस्तै कन्य च्याउ प्रतिकेजी १४० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २५० रुपैयाँ छ । 

यता, ब्रोकाउली ७० रुपैयाँ, काउली स्थानीय ज्यापु ६० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ, रायोको साग ३०, तोरी साग ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँमा किनबेच हुनेछ । 

तामा ९० रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, खुर्सानी सुकेको ४५० रुपैयाँ, हरियो खुर्सानी ९० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ११० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । 

यसैगरी, राजमा घिउ सिमी र तिते करेला ९० रुपैयाँ, प्याज हरियो ५० रुपैयाँ, सुकेको प्याज ३२ रुपैयाँ, भिण्डी ९० रुपैयाँ, लौका ४० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनियाँ ३० रुपैयाँ र कागती २०० रुपैयाँ प्रतिकेजी रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ८ : ५५ बजे