काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ ।
बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रवार पनि २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बिहीबार छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ३५ रुपैयाँ कायम रहेको थियो ।
प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार ११ : ३८ बजे
प्रतिक्रिया