झ्याप्लेखोलाबाट २५ शव निकालियो

दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी

काठमाडौँ । दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक बसिरहेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसिरहेको हो । 

बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासको समीक्षा, कार्यान्वयनको अवस्था, चुनौतीलगायत भावी कार्ययोजनाबारे छलफल हुने कार्य तालिका छ । 

बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, अर्थ मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला समन्वय समिति महासङ्घ अध्यक्ष, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घका अध्यक्षहरूको उपस्थिति छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ११ : २७ बजे