झ्याप्लेखोलाबाट २५ शव निकालियो

अर्थमन्त्री र गभर्नरबीच भेटवार्ता : पूँजीगत खर्च बढाउन अधिकारीकाे सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा प्रकाशशरण महतबीच भेटवार्ता भएकाे छ । भेटमा गभर्नर महाप्रसाद अधिकारीले पूँजीगत खर्च बढाएर बजारमा सरकारात्मक सन्देश प्रवाह गर्न सकिने सुझाव दिनुभएको छ ।

अर्थमन्त्री महतले नेपाल राष्ट्र बैंकसँग औपचारिक ब्रिफिङ लिने क्रममा मंगलबार राष्ट्र बैंकको टोलीसँगको छलफलमा गभर्नर अधिकरीले पूँजीगत खर्च बढाएर र निर्माण व्यवसायीको भुक्तानीलाई तीव्रता दिन सुझाव दिनुभएको हो ।

छलफलमा अर्थमन्त्री डा महतले बजारमा सकारात्मक सन्देश कसरी प्रवाह गर्न सकिन्छ भन्नेबारे अर्थमन्त्री महतले सुझाव माग्नुभएको थियो ।

राष्ट्र बैंकले अहिले आन्तरिक ऋण परिचालन भइरहेको र सरकारले ओभरड्राफ्ट सुविधा पनि प्रयोग गर्नसक्ने अवस्था रहेको जानकारी गराएको थियो । त्यसैले निमार्ण व्यवसायीको भुक्तानी बढाएर पूँजीगत खर्च बढाउन सकिने उसले सुझाव दिएको बताइएको छ । अर्थमन्त्री महतलाई यसले बजारमा सकारात्मक सन्देश जाने सुझाव राष्ट्र बैंकले दिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  २ : २१ बजे