काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजीबजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।
सोमबार अर्थ मन्त्रालयमा बोर्डका अध्यक्ष रमेश हमालसहितका पदाधिकारीसँग छलफल गर्दै अर्थमन्त्री महतले केही दिनभित्र नै पूँजीबजारमा सकारात्मक नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएका हुन् ।
छलफलमा उनले सेयर बजारमा समस्या र लगानीकर्ताबीचको समन्वय गर्न र समस्या समाधान गर्न निर्देशन दिएका छन् । अध्यक्ष हमालका अनुसार बजारको सुधारका लागि बोर्डले गरिरहेका कामबारे आफूहरुले मन्त्रीलाई ब्रिफिङ गरेको जानकारी दिए । सोमबार नै अर्थमन्त्री महतले पुँजी बजारका लगानीकर्ताको संगठनसँग पनि छलफल गरेका थिए ।
लगानीकर्ताले मन्त्री महतलाई ८१ बुँदे सुझाव दिएका छन् । लगानीकर्तासँगकाे भेटेलगत्तै मन्त्री महतले बोर्ड अध्यक्ष हमालसँग भेटेका हुन् ।
प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ३ : २० बजे
प्रतिक्रिया