झ्याप्लेखोलाबाट २५ शव निकालियो

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घटेको हो। यसअघि आइतबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। साेमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो।
 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ११ : ५३ बजे