यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सवारी दुर्घटनामा १६ जनाको मृत्यु

जोहानेसबर्ग । दक्षिण अफ्रिकामा शुक्रबार सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

लिम्पोपो प्रान्तको मोटेमामा बिहान दुई ट्याक्सी र एउटा भारी गाडी ठोक्किँदा १६ जनाको मृत्यु भएको लिम्पोपो यातायात तथा सामुदायिक सुरक्षा विभागले जनाएको छ ।   

विभागका प्रवक्ता टिडिमालो चुएनले सिन्ह्वासँग भन्नुभयो, “आज बिहान एउटा ट्याक्सी असुरक्षित रुपमा ओभरटेक गरेर एउटा ट्रक र अर्को ट्याक्सीसँग ठोक्किँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दुर्घटना भएका ट्याक्सीहरूमध्ये एउटाले विक्षार्थीहरूलाई विद्यालय पु¥याइरहेको थियो ।  मृत्यु हुनेमा दुई ट्याक्सीका चालक र छ जना विद्यार्थी रहेको जनाइएको छ । 

घटनास्थलमा रहेका कानून प्रवर्तन अधिकारीहरूलाई उद्धृत गर्दै लापरबाहीपूर्वक सवारी चलाउनुलाई दुर्घटनाको सम्भावित कारणको रूपमा उल्लेख गरेको चुएनेले बताउनुभयो । गम्भीर घाइते भएका चार जना यात्रुलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको विभागले जनाएको छ ।
 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ११ : ११ बजे