यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

युक्रेनको द्वन्द्वमा नेटोले हतियार आपूर्तिमा भाग लिएको रूसी नेता पुटिनको भनाइ

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार सहयोग गरेर युक्रेन द्वन्द्वमा भाग लिएको आरोप लगाउनुभएको छ । 

“उनीहरूले युक्रेनमा अर्बौं डलरको हतियार पठाइरहेका छन् । वास्तवमा, यो युद्धमा सहभागिता हो,” पुटिनले आइतबार प्रसारित रोसिया–१ च्यानललाई दिएको अन्तर्वार्तामा भन्नुभयो । 
पुटिनले भन्नुभयो, “यसको अर्थ के हो भने कीभ सरकारले गरिरहेको अपराधमा अप्रत्यक्ष रुपमा भए पनि उनीहरुले भाग लिइरहेका छन् ।”

“पश्चिमा मुलुकहरूको एउटा मात्र उद्देश्य पूर्व सोभियत सङ्घ र यसको मुख्य भाग रूसी सङ्घलाई टुक्राउने रहेको छ,” उहाँले भन्नुभयो ।

उनीहरूले हामीलाई सभ्य मानिसहरूको तथाकथित परिवारमा भिन्न भिन्न रूपमा मान्यता दिने गरेका छन् । 

युक्रेनमा रूसको पूर्ण आक्रमण सुरु भएको एक बर्ष पुग्नुभन्दा एक दिन पहिले गत बिहीबार मस्कोमा आयोजित देशभक्तिपूर्ण कन्सर्टका क्रममा पुटिनले उक्त कुरा बताउनुभएको हो ।

अन्तर्वार्तामा पुटिनले बहुध्रुवीय विश्वका लागि आफ्नो आह्वान दोहो¥याउँदै यस्तो हुनेमा आफूलाई कुनै अनौठो नलागेकोे बताउनुभएको छ । “हामी केको विरुद्धमा छौं ? सोभियत सङ्घको पतनपछि विश्वलाई आफ्नै शैलीमा ढाल्ने उनीहरूको प्रयासले यो अवस्था निम्त्याएको छ, हामी यसविरूद्ध प्रतिक्रिया दिन बाध्य छौं,” उहाँले भन्नुभयो । 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ६ : २८ बजे