यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

पाकिस्तानमा एक किलो चियाको मूल्य १७ सय

काठमाडौं । पाकिस्तानमा दैनिक उपभोग्य वस्तुको मूल्यमा भारी उछाल आएको छ । पछिल्लो तथ्यांक अनुसार पाकिस्तानमा एक किलो चियाको मूल्य १७ सय रुपैयाँ नाघेको छ । यससँगै पिठो, दाल, खाने तेललगायतका वस्तुको मूल्य पनि ह्वात्तै बढेको छ ।

पाकिस्तानको कराँची सहरको मध्य भागमा रहेको महारानी बजारमा किराना पसल चलाउने जाहिदले पछिल्लो ६ महिनामा १० किलो पीठोको मूल्य ४५० रुपैयाँले बढेको बताए ।

उनी भन्छन्, ‘पहिले १० किलोको पिठोको ८ सय रुपैयाँ लाग्ने गरेको थियो, अहिले १२ सय ५० रुपैयाँमा पाइन्छ । त्यसैगरी खाना पकाउने तेल ३८० रुपैयाँ लाग्ने गरेको अहिले ६२० रुपैयाँमा पुगेको छ ।

पहिले एक किलो चनाको दाल २ सय ८० रुपैयाँ थियो, अहिले ४ सय ३० रुपैयाँ पुगेको छ । अर्कोतर्फ, एक किलोग्राम दालको मुल्य पहिले रु ३२० थियो, अहिले रु ४०० भन्दा बढिमा पाइन्छ । यससँगै यसअघि प्रतिकिलो चियापत्ती १४ सय रुपैयाँ थियो, अहिले १७ सय रुपैयाँभन्दा माथि पाइन्छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  २ : ०६ बजे