यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो

भ्लादिभोस्टक – रुसको प्रोग्रेस एमएस-२१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर-नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जनाएको छ । अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अनडक गरेपछि अन्तरिक्ष यान आइतबार वायुमण्डलमा प्रवेश गरेको थियो ।  त्यसपछि जलेका अवशेषहरू प्रशान्त महासागरको गैर-नाभिगेसन भागमा खसेको बताइएको छ ।

उक्त कार्गो अन्तरिक्ष यान अक्टोबर सन् २०२२ अक्टोबरमा प्रक्षेपण गरिएको थियो जसले अन्तरिक्ष स्टेशनलाई २.५ टन भन्दा बढी आपूर्तिहरू प्रदान गरेको उल्लेख गरिएको छ । 

रासस-सिन्ह्वा

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ७ : २१ बजे