इयुद्वारा भूकम्प प्रभावित टर्कीका लागि ३६ उद्धार टोली परिचालन

ब्रसेल्स ।  युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू  एवं  इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित टर्की, जेनेजमा ) बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन्।  भूकम्पबाट उत्पन्न सङ्कट व्यवस्थापनका लागि युरोपेली आयुक्त लेनार्सिकले  सो कदम चालिएको बताउँनु भएको छ ।  

टोलीमा करिब १ हजार ५ सय उद्धारकर्मी, स्वास्थ्यकर्मीका साथै एक सयवटा खोज तथा उद्धार कुकुर परिचालन गरिएको बताइएको छ ।   इयु सुरक्षा टोलीहरू पनि समन्वयमा सहयोग गर्न खटाइएकोउहाँले बतउँनु भएको छ ।  सोमबार देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प गएपछि टर्कीले  इयु नागरिक सुरक्षा संयन्त्र सक्रिय बनाएको छ ।   यस किसिमको समूह युरोप र बाहिरका कुनै पनि देशका लागि  आवश्यक उद्धारका लागि तयार गरिएको हो। स्थानीय समय अनुसार सोमबार बिहान ४:१७ मा तुर्किएको दक्षिणी प्रान्त कहरामनमारासमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।

टर्कीको दक्षिणी प्रान्त हाते र सिरियाको उत्तरी शहर एलेप्पोमा सबैभन्दा ठूलो जनधनको क्षति भएको छ । लेबनान, इजरायल र साइप्रसले पनि भूकम्पको धक्का महसुस गरेका छन् । इयुले भूकम्प प्रभावित देशहरूमा राहत र उद्धारको कामलाई तीव्रता दिएको जनाएको छ । 
 

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ४ : २१ बजे