भारतीय सर्वोच्च अदालतले सच्यायो सिक्किमका नेपाल भाषीलाई विदेशी भन्ने वाक्यांश

काठमाडौँ । आम हडतालदेखि विशाल आन्दोलन हुन थालेपछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधवार सच्याएको छ ।

केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै  ‘विदेशी’ भन्ने शब्द सच्याउन सर्वोच्च अदालतमा रिट दायर गरेपछि बुधवार सर्वोच्चको विशेष सुनुवाइले उक्त शब्द हटाउने निर्णय गरेको हो । 

न्यायाधीश द्वय एमआर साह र भीवी नागरत्नको संयुक्त इजलासपछि शब्द हटाउने निर्णय भएको हो ।

गत जनवरी १३ मा भारतको सर्वोच्च अदालतले सिक्किमका बहुसङ्ख्यक नेपाल भाषीलाई नेपालबाट आएका ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिङ्गो भारतमा रहेको नेपाली भाषी समुदाय आन्दोलित भएको थियो । सिक्किम लगायत क्षेत्रमा आम हडतालदेखि विशाल प्रदर्शनसम्म भएको थियो । सिक्किमलगायत नेपाली भाषा बाहुल्य क्षेत्रमा विशाल प्रदर्शन मात्रै भएको थिएन, आम हडतालसम्म हुँदा भारतका नेपाल भाषी सहर ठप्पसमेत भएका थिए ।

आन्दोलन निरन्तर चर्किँदै जान थालेपछि भारतीय सर्वोच्च अदालत सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ भन्न वाक्यांश सच्याउन बाध्य भएको टिप्पणी गरेको छ । 

सर्वोच्चको सो निर्णयसँगै सिक्किममा भइरहेको आन्दोलन स्थगित भएको आन्दोलनकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ९ : ३० बजे