भूकम्पको भग्नावशेषमा जन्मिएकी शिशुको ३० घण्टापछि जीवितै उद्धार

काठमाडौं । सिरियामा भग्नावशेषमुनि फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् ।

सोमबार गएको भूकम्पमा परी आमाको मृत्यु भए पनि नवजात शिशुलाई भने आमाको नाभीमा बाँधिएको अवस्थामा उद्धार गरिएको र उनको अवस्था नाजुक रहेको बीबीसीले उल्लेख गरेकाे छ ।

शिशुलाई भग्नावशेषबाट निकालिएको कारूणिक दृश्य सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

समाचार संस्था एएफपीका अनुसार अहिले ती शिशुको अवस्था स्थिर रहेको छ । शरीरमा चोटका निशानहरू छन् । अत्याधिक चिसोका कारण उनलाई हाइपोथर्मिया पनि भएको छ ।

टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या करिब आठ हजार पुगेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तिमा १ हजार ९३२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  २ : १९ बजे