बलात्कार मुद्दामा ८१ वर्षीय आसारामलाई जन्मकैदको सजाय

काठमाडौं । भारतका धर्मगुरु आसाराम बापुलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ। गान्धीनगरको एक अदालतले बलात्कार मुद्दामा उनलाई सो फैसला सुनाएको हो।

सन् २०१३ मा भएको घटनाबारे सो अदालतमा मुद्दा परेको थियो। एक पूर्व महिला शिष्यालाई बलात्कार गरेको आरोप आसारामलाई लागेको थियो।

८१ वर्षीय आसाराम अहिले जोधपुर जेलमा छन्। उनी बलात्कारकै अर्को एक मुद्दाको सजाय काटिरहेका छन्। उक्त मामिलामा पनि उनलाई जन्मकैदकै सजाय तोकिएको छ। यो घटना पनि २०१३ कै हो। राजस्थानस्थित आफ्नो आश्रममा नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप पुष्टि भएपछि आसाराम जेल पुगेका हुन्। 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ५ : ३१ बजे