भारतका टीभी च्यानलहरूले कम्तीमा ३० मिनेटको सामाजिक सन्देशमूलक कार्यक्रम प्रसारण गर्नुपर्ने

नयाँदिल्ली – भारतको सूचना तथा प्रसारण मन्त्रालयले सोमबार निजी प्रसारणकर्ताहरूलाई हरेक दिन ३० मिनेट सार्वजनिक सेवा प्रसारण गर्न निर्देशन जारी गरेको छ ।

    यस निर्देशनअनुसार प्रासरित सामग्री एक पटकमा ३० मिनेटको हुनु अनिवार्य नभए पनि तर पटक–पटक गरी दिनमा कम्तीमा ३० मिनेटको हुनुपर्ने र यसबारे अनलाइन रिपोर्ट सम्बन्धित निकायमा पेस गर्नुपर्नेछ ।

    प्रसारणको विषयवस्तुमा शिक्षा र साक्षरताको प्रचार–प्रसार, कृषि तथा ग्रामीण विकास, स्वास्थ्य तथा परिवार कल्याण, विज्ञान तथा प्रविधि, महिला कल्याणलगायतका राष्ट्रिय महत्त्वका विविध विषय र सामाजिक सान्दर्भिक विषयवस्तु समेटिएको हुनुपर्नेछ । 

रासस÷सिन्ह्वा

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ९ : ५४ बजे