पाकिस्तानमा बम विस्फोट हुँदा २८ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको पेशावरमा रहेकाे मस्जिदमा बम विस्फोट हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ ।

पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विस्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिनुभयाे ।

पाकिस्तानी अधिकारीहरुका अनुसार घटनामा १५० जना भन्दा धेरै घाइते भएका छन् । उद्धारको काम जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने छ ।

पाकिस्तानी सञ्चार माध्यमले जनाएका अनुसार पेशावरको पुलिस लाइनमा रहेको मस्जिदमा विस्फोटको बेला ३०० देखि ४०० जना प्रहरीहरु नै उपस्थित रहेका थियाे ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : ५९ बजे