जाम्बियाको राजधानीमा ३३ जना अवैध आप्रवासी पक्राउ

लुसाका । जाम्बियाका सुरक्षा निकायले शुक्रबार राजधानी लुसाकामा इथियोपियाली भएको आशङ्कामा ३३ गैरकानूनी आप्रवासीलाई पक्राउ गरेको बताएको छ ।

प्रहरी उपप्रवक्ता ड्यानी म्वालेले शुक्रबार बिहान तीव्रगतिमा हुँइकिएका तीनवटा मिनिबसले सुरक्षा चौकी अगाडि नरोकी अगाडि बढ्न खोजेपछि खोजतलास गर्दा अवैध आप्रवासी पक्राउ परेको बताएका छन् ।  

 मिनीबसमा रहेका २० मध्ये १३ जना आप्रवासी पक्राउ परेका छन् अन्य सात जना भागेका छन् ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले आप्रवासी मलावियाको सिमाना हुँदै जाम्बिया प्रवेश गरेको देखाएको छ ।

जाम्बियाले हालैका महिनामा दक्षिणी अफ्रिकी क्षेत्रका अन्य देशमा प्रवेश बिन्दुको रूपमा देश प्रयोग हुँदै गरेको र अवैध आप्रवासीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ ।

 गत महिना २७ जना अवैध आप्रवासीको शव लुसाकाको बाहिरी इलाकामा फ्याँकिएको अवस्थामा भेटिएको थियो । उनीहरू ट्रकमा निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ५ : ०१ बजे