दिल्लीमा कोभिड–१९ शून्यमा झ¥यो

नयाँदिल्ली – पछिल्लो २४ घण्टामा राष्ट्रिय राजधानीमा कोभिड–१९ का कुनै नयाँ बिरामी अभिलेख भएको छैन । सन् २०२० को मार्चमा महामारी शुरु भएदेखि यहाँ सङ्क्रलण शून्यमा झरेको पहिलो पटक हो । 

दिल्ली स्वास्थ्य विभागले जारी गरेको स्वास्थय बुलेटिनअनुसार कोभिड–१९ पाजेटिभ दर ०.०० प्रतिशत रहेको तथा बितेका २४ घण्टामा सङ्क्रमित नभेटिए पनि शहरमा सक्रिय बिरामी १० जना छन् । सोही अवधिमा नौ जना कोभिडका बिरामी स्वास्थ्य लाभ गरेर घर फर्केका तथा देशभर उक्त सङ्ख्या १९ लाख ८० हजार सात सय ८१ पुगेको छ । चार करोड छ लाख ५० हजार एक सय १९ जनाले परीक्षण गराएका छन् । 

 देशभर जारी खोप अभियान प्रभावकरी रहेको जनाउँदै विभागले १५ जनालाई पहिलो डोज, ३२ जनालाई दोस्रो र १०३ जनालाई सावधानीको डोज लगाइएको छ । हालसम्म तीन करोड ७३ लाख ७० हजार छ सय ६३६ जनाले खोप लगाइसकेका छन् । नयाँदिल्लीमा फैलिएका कोभिडका तीन लहरमध्ये सन् २०२१ को अप्रिल–मेको दोस्रो लहर सबैभन्दा घातक थियो ।

रासस/ एएनआई

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ४ : १४ बजे