भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

पाकिस्तानको क्वेटामा सिलिन्डर विस्फोट हुँदा छजनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिममा पर्ने प्रान्तीय राजधानी क्वेटामा शनिबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा चार बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।
प्राप्त समाचारअनुसार देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटाको स्याटेलाइट टाउन क्षेत्रमा एक परिवारका सदस्यले हिटर बाल्ने प्रयास गर्दा विस्फोट भएको थियो ।

उद्धार टोली घटनास्थलमा पुगेर शवलाई अस्पतालमा लगिएको छ ।  विष्फोटमा परी एक दम्पती र उनीहरुका चार सन्तानसहित सबैको घटनास्थलमै मृत्यु भएको उद्धारकर्मीले जनाएका छन् ।
सिलिण्डरबाट ग्यास चुहिएर विष्फोट भएको र घरमा समेत गम्भीर क्षति पुगेको स्थानीय प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ । क्वेटा लगायत बलुचिस्तानका धेरैजसो भागमा माइनस १५ डिग्री सेन्टिग्रेडसम्मको तापक्रमले तीव्र चिसो मौसमको सामना गरिरहेको छ ।
 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ३ : ३७ बजे