भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

फिलिपिन्समा आँधीमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

मनिला । फिलिपिन्समा यस महिना आँधीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतवार जानकारी दिएका छन् ।  मौसमविद्हरूले विपद्को जोखिममा रहेको देशमा लगातार भारी वर्षा हुने चेतावनी दिएका छन् ।

भारी वर्षा र बाढीले क्रिसमस सप्ताहन्तदेखि देशको दक्षिणी र मध्य टापुहरूलाई त्रसित बनाएको र  हजारौंलाई आफ्नो घर छोड्न बाध्य पारेको छ ।वर्षको सुरुदेखि नै कम्तीमा तीनवटा आँधीका कारण देशभर २७ जनाको ज्यान गएको नागरिक रक्षा कार्यालयले आइतबारको प्रतिवेदनमा जनाएको छ । एघार जना घाइते भएका र तीन जना बेपत्ता रहेका बताइएको छ ।

राज्यको मौसम पूर्वानुमानकर्ता पीएजिएएसएले आइतवार लुजोनको मुख्य टापुको दक्षिणी छेउमा रहेको बिकोल प्रायद्वीप र क्वेजोन प्रान्तमा भारी वर्षाको चेतावनी दिएको छ । “यी अवस्थाहरूमा, बाढी र वर्षा–प्रेरित पहिरोको सम्भावित क्षेत्रहरूमा उच्च जोखिममा रहेका पीएजिएएसएका अधिकारीले जानकारी दिएका छन् । 

८३  हजार भन्दा बढी मानिस विस्थापित केन्द्रहरूमा आश्रय लिएर बसेका र  बाढी र भारी वर्षाका कारण १२ सय  भन्दा बढी घरमा क्षति पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

फिलिपिन्स जलवायु परिवर्तनका प्रभावहरूका लागि सबैभन्दा जोखिममा परेका राष्ट्रहरु मध्ये परेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।  आँधीहरू अझ शक्तिशाली बन्दै गएका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ३ : ०३ बजे