भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

रुसद्वारा चीनको कोभिड-१९ नीतिको स्वागत

मस्को – रुसले सीमापार आवतजावत र माल-सामान ढुवानी लगायतका विषयमा कोभिड-१९ नीतिहरूलाई अनुकूलन गर्ने चीनको निर्णयलाई  सकारात्मकरूपमा लिएको छ । 

रुसी विदेश मन्त्रालयले चीनलाई गतिशील, विकासशील मित्रराष्ट्र भन्दै  दुई देशका बहुपक्षीय एवं व्यावहारिक सम्बन्धलाई थप सुदृढ र विविधीकरण गर्न इच्छुक रहेको उल्लेख गरेको छ।

मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले आफ्नो साप्ताहिक ब्रीफिङमा चीनको आर्थिक विकासको सम्भाव्यताको समायोजनपछिको प्रश्नको जवाफ दिँदै भन्नु भएको छ -"हामी रुसी-चिनियाँ व्यापार र आर्थिक सहयोगको थप प्रगाढताका साथै हाम्रा देशका जनताबीचको समन्वयित  विभिन्न विषयको आदानप्रदानको पुन: शुरुवात सुनिश्चित गर्न चाहान्छौँ ।"

रासस-सिन्ह्वा

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १ : १७ बजे