भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

तेत्तीस लाख अमेरिकी प्राकृतिक प्रकोपबाट विस्थापित

वासिङ्टन – तेत्तीस लाख अमेरिकी वयस्क प्राकृतिक प्रकोपबाट विस्थापित भएका एक सर्वेक्षणले देखाएको छ । अमेरिकी जनगणना ब्यूरोका अनुसार देशको १.३ प्रतिशतभन्दा बढी वयस्क जनसङ्ख्या गत वर्ष प्राकृतिक प्रकोपबाट विस्थापित भएको थियो भने आधाभन्दा बढी स्थानान्तरण हुन बाध्य भएका थिए ।

बिहीबार सार्वजनिक भएको दुई वर्ष पुरानो अनलाइन सर्वेक्षणले ३३ लाख अमेरिकी वयस्क आँधी, बाढी, आगलागीलगायत प्राकृतिक प्रकोपबाट विस्थापित भएका देखाएको हो । प्राकृतिक प्रकोपबाट भएका विस्थापनबारे पहिलो पटक सर्वेक्षणमा प्रश्नावली समावेश गरिएको थियो । अमेरिकाका केही राज्य अरू भन्दा बढी प्रभावित भएका, सबैतिर एकै प्रकारको विपत्तिको सामना गर्नुनपरेको,  फ्लोरिडामा करिब १० लाख प्रभावित भएका थिए । उक्त राज्यका हरेक १७ जनामा एक जना विस्थापित भएका थिए । 

सर्वेक्षणअनुसार निकाले तूफानले देशका विभिन्न भागमा चार लाख नौ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन बाध्य पारेको थियो । प्राकृतिक प्रकोपबाट सबैभन्दा इन्डियाना, नर्थ डकोटा, ओहायो र ओक्लाहोमा प्रभावित रहे । विस्थापित भएका ३३ लाखमध्ये  एक तिहाइभन्दा बढी एक साताभन्दा कम समयका लागि आफ्नो घरबाट बाहिर थिए भने हरेक छ जना मध्ये एक जना कहिल्यै आफ्नो घर फर्केनन् ।

रासस/ एपी

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ५ : २१ बजे