भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

‘श्रीलङ्काका बालबालिकामा कुपोषणको समस्या वृद्धि’

कोलम्बो – श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको छ ।

    स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको र यसको समाधानका लागि कदम चालिएको बताउनुभएको हो ।

    बिहीबार संसद्लाई सम्बोधन गर्दै रामबुकवेलाले भन्नुभयो, “सन् २०२१ र २०२२ मा कुपोषणको आँकडामा वृद्धि भएको र यस्तो अवस्था आउनुको एउटा प्रमुख कारण केही खाद्य वस्तुको अनैतिक प्रचार हुनसक्ने देखिएको छ ।”

    मुलुकको आर्थिक सङ्कटका बेला बालबालिकाको स्वास्थ्यसम्बन्धी बानी र मानिसको क्रयशक्तिमा आएको कमीका कारण पनि बालबालिकामा कुपोषण बढेको उहाँको भनाइ थियो ।

    संयुक्त राष्ट्रसङ्घीय बालकोष ९युनिसेफ० को हालैको एक प्रतिवेदनअनुसार श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको बीचमा रहेको छ जुन सन् २०२३ भर जारी रहने अनुमान गरिएको छ । यस वर्ष २९ लाख बालबालिकासहित अनुमानित ६२ लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता छ ।

रासस÷सिन्ह्वा
–––

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ९ : ५९ बजे