काठमाडौँ – नेपालमा आज राति ९ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु भारतको विनागुडी क्षेत्र (सिक्किम) मा रहेको थियो। उक्त भूकम्पको धक्का भारतको कालिम्पोङ, दार्जिलिङ, सिलिगुरी, जलपाइगुढी, भुटान र पूर्वी नेपालसम्म यसको धक्का कडा महसुस भएको थियो भने काठमाडौंमा सामान्य थियो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प भारतमा ५.४ म्याग्निच्यूडको रहेको थियो।
प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार ९ : ३९ बजे
प्रतिक्रिया