झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन : तेस्रो कार्यकालको तयारीमा सी जिनपिङ

बेइजिङ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनले सन् १९७० को दशकमा माओत्सेतुङ पछिका शक्तिशाली चिनियाँ नेता सी जिन पिङलाई तेस्रो पाँच वर्षे कार्यकाल दिने अनुमान गरिएको छ ।

६९ वर्षीय सी तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएमा चीनमा उहाँको  पकड अझ बलियो हुनेछ । सन् २०१८ मा चीनमा राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा खारेज गरिएको थियो ।

हाल सी जिन पिङले तीन वटा उच्च पद सम्हालिरहनुभएको छ  । महासचिवका रूपमा उहाँ चीनको कम्युनिष्ट पार्टीको प्रमुख हुनुहुन्छ भने राष्ट्रपतिको रूपमा उहाँ राष्ट्रप्रमुख हुनुहुन्छ । त्यसैगरी चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षको रूपमा उहाँले देशको सशस्त्र फौजको नेतृत्व गर्नुभएको छ। उहाँलाई चीनको सर्वोच्च नेता पनि भनिन्छ ।

सी अधिवेशनमा पार्टी महासचिव तथा केन्द्रीय सैन्य आयोगको अध्यक्ष र अर्को वर्ष हुने वार्षिक राष्ट्रिय जनकङ्ग्रेसको बैठकमा अध्यक्ष हुने सम्भावना रहेको बिबिसीले जनाएको छ ।

आइतबारदेखि जारी महाअधिवेशनमा करिब २३ सय प्रतिनिधिमण्डल ताइनामेन स्क्वायरको ग्रेट हल अफ पिपुल्समा एक साता सम्मका लागि भेला हुनुभएको छ ।  उहाँहरूमध्ये २०५ जनालाई पार्टीको स्थायी समितिमा छनोट गरिनेछ भने करिब १७० जना वैकल्पिक सदस्यमा छनोट हुनेछन् । केन्द्रीय समितिले २५ जनालाई पार्टीको पोलिटब्युरोमा निर्वाचित गर्नेछन् । 

पोलिटब्युरोले स्थायी समितिका सदस्य नियुक्त गर्नेछ । स्थायी समितिमा अहिले पार्टी महासचिव सी जिन पिङसहित सात जना सदस्य हुनुहुन्छ। उहाँहरू सबै पुरुष हुनुहुन्छ । सबै कार्य पार्टी अधिवेशनमा हुँदैन । महाधिवेशन सकिएको भोलिपल्ट केन्द्रीय समितिको बैठक बस्नेछ । एजेन्सी

 

 

 

 

 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : २९ बजे