झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

श्रीलङ्कामा बाढी र पहिरोमा परी तीनको मृत्यु, ५५ हजारभन्दा बढी प्रभावित

कोलोम्बो । श्रीलङ्कामा गएको ७२ घण्टामा बाढी र पहिरोबाट तीन जनाको मृत्यु भएको छ । यस प्रकोपमा परी १३ हजार नौ सय २ परिवारका ५५ हजार भन्दा बढी मानिस प्रभावित भएका विपद् व्यवस्थापन केन्द्र ( डीएमसी) ले आइतबार जनाएको छ । 

बाढी र पहिरो ल्याएको वर्षाको मौसम बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ । भारी वर्षा जारी रहेमा केही क्षेत्रमा बाढीको जोखिम बढ्ने सिँचाइ निर्देशक सुगेश्वरले बताउनु भएको  छ ।

 प्रतिकूल मौसम अवस्थालाई ध्यानमा राख्दै छ जिल्लाका लागि जारी गरिएको पहिरोको चेतावनीलाई थप गरिएको डीएमसीले जनाएको छ ।हालको भारी वर्षा देशनजिकैको इन्टरट्रोपिकल कन्भर्जेन्स जोन (आईटीसीजेड) को प्रभावका कारण भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : २५ बजे