झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

कम्बोडिया डुङ्गा दुर्घटना : एघार जनाको मृत्यु

नोमपेन । दक्षिणी कम्बोडियाको कान्डल प्रान्तमा क्षमताभन्दा बढी भार बोकेको  डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनाको उद्धार तथा खोज पूरा भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।

 दुर्घटनाग्रस्त डुङ्गामा दुई जना चालक तथा १३ विद्यार्थीसहित १५ जना सवार थिए । दुर्घटनामा १२ देखि १४ वर्ष उमेर समूहका आठ पुरुष र तीन जना महिलाले ज्यान गुमाएका तथा बाँकीको जीवितै उद्धार गरिएको राष्ट्रिय प्रकोप व्यवस्थापन समितिले जनाएको छ । 

यसैबीच, फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय क्षेत्रमा शनिबार बिहान आगलागीमा हुँदा छ जनाको मृत्यु भएको छ । आगोमा परेर ७९ वर्षीय एक पुरुष, एक ३० वर्षीया 
महिला, उनका १२, सात र दुई वर्षका छोराछोरी र अर्का पुरुषको मृत्यु भएको अग्नि नियन्त्रण कार्यालयले जनाएको छ । उनीहरू जलेको घरभित्र फसेपछि निसास्सिएका थिए ।  आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।
 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ४ : ०६ बजे