झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

बाढी पीडित बोकेको बसमा आगलागी, बालबालिकासहित १८ जनाको मृत्यु

कराँची । मनसुनको विनाशकारी बाढीबाट भागेर घर जाँदै गरेको एउटा बसमा आगलागी हुँदा १२ बालबालिकासहित कम्तीमा १८ पाकिस्तानीको मृत्यु भएको अधिकारी र उद्धारकर्मीले बताएका छन् । 

पाकिस्तानमा यस वर्षको अभूतपूर्व मनसुनी वर्षाबाट प्रभावित भएको छ । वर्षाका कारण देशको एक तिहाइ भूभाग जलमग्न भएको थियो भने ८० लाख मानिस विस्थापित भएका थिए । बाढीले  २८ अर्ब डलर बराबरको क्षति भएको थियो ।

पानी बिस्तारै घट्दै जाँदा हजारौं विस्थापितहरू पुन घर फर्किन थालेका छन् । कराची शहर बाहिर उत्तरतर्फ जाने बसमा राति आगो लाग्दा यात्रुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १ : ५८ बजे