झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

भारतका दिग्गज राजनीतिज्ञ मुलायम सिंह यादवको निधन

नयाँ दिल्ली । ​​​​​​​ भारतका वरिष्ठ राजनीतिज्ञ मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ । पूर्वसंघीय रक्षामन्त्री यादव १५ दिनदेखि दिल्ली नजिकैको एक निजी अस्पतालमा भर्ना भएका थिए । उहाँ उत्तर प्रदेशमा तीन पटकसम्म मुख्यमन्त्री बन्नुभएकाे थियाे । 

उहाँको अवस्था बिग्रिएपछि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो । उहाँकाे छोरा तथा राजनीतिक उत्तराधिकारी अखिलेश यादवले सोमबार बिहान उहाँको निधन भएको पुष्टि गर्नुभएकाे हाे । 

विभिन्न दलका राजनीतिज्ञ, सार्वजनिक व्यक्तित्वहरू र सर्वसाधारणले भारतीय राजनीतिका दिग्गज यादवको मृत्युप्रति श्रद्धांजलि अर्पण गरेका छन् । यादव विगत केही वर्षदेखि बिरामी थिए र लगातार अस्पतालमा जाने गरेका थिए । उहाँ बहालवाल सांसद पनि थिए । तर, उहाँ धेरै सक्रिय थिएनन् र सार्वजनिक सभाहरूमा विरलै देखिन्थे ।
 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ११ : १९ बजे