झ्याप्लेखोलाबाट २५ शव निकालियो

इक्वेडरको जेलमा भएको दङ्गामा कम्तीमा १५ जनाको मृत्यु

क्वीटो । इक्वेडरको एक जेलमा भएको दङ्गामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । यहाँका जेल अधिकारीले बुधबार राति सो जेलमा भएको झडपका क्रममा ज्यान जानेको सङ्ख्या १३ पुगेको जनाएका हुन् । 

उनका अनुसार इक्वेडरको दक्षिणपश्चिमी सहरको गावाकील भन्ने स्थानमा रहेको जेलमा बन्दीहरुकाबीचमा झडप भएको थियो । सो झडपमा परेर बुधबार केहीको ज्यान गएको थियो । घाइतेहरुलाई अस्पताल राखिएकामा थपको मृत्यु भएको थियो । 

सो जेलमा प्राय लागूऔषधका कारोबारीहरुलाई राखिएको छ । उनीहरुका दुई पक्षका बीचमा सो झडप भएको बताइएको छ ।त्यस झडपमा परेर अरु केही घाइते भएका पनि यहाँको जेल सेवाका अधिकारीहरुले जनाएका छन् । 

उक्त जेलमा रहेका दुई पक्षका बीचमा झडप भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । तर ती दुवै पक्षले आपसमा झगडा गर्ने र जेलका पूर्वाधारहरु तोडफोड गर्न खोजेको थिए । 
यस देशमा यसै वर्षको फेब्रुअरीदेखि देशका विभिन्न जेलमा तोडफोड सुरु गरेका छन् । तीमध्ये अधिकांश जेल लागूऔषधका कारोबारीहरु राखिएका जेलका रहेका छन् । 

यसरी भएका भिडन्तहरुमा परेर फेब्रुअरीदेखि अहिलेसम्म कम्तीमा पनि चार सय जनाले ज्यान गुमाएका यहाँको आन्तरिक व्यवस्थापन मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ४ : १८ बजे